धनगढी। कैलालीमा कागजपत्र किर्ते गरेर मोटरसाइकल चलाउने युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले कागजपत्र किर्ते गरेर मोटरसाइकल चलाइरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको हो।
जिल्लाको भजनी नगरपालिका–३ कुसुमघाटबाट प्रदेश अनुसन्धान समूह (आरआइटी) र ईलाका प्रहरी कार्यालय भजनीको टोलीले लम्कीचुहा नगरपालिका–१० का ३१ वर्षीय खेम चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० वेदप्रकाश जोशीले चौधरीले सु.प.प्र.०१–००८ प १६८६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा कागजात किर्ते गरेको भेटिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।