कैलाली प्रहरीले यौन ब्यवसाय रोक्नमा सक्रियता देखाएको छ । अन्य बिषय संगै यौन ब्यवसाय गर्नेहरुमाथी निगरानी बढाएर होटेलमा छापा हानेर पक्राउ गर्ने काममा प्रहरी सक्रिय भएको हो । माघ दुई सातामा मात्र प्रहरीले धनगढीमा यौन धन्दामा संलग्न भएको आरोपमा प्रहरीले चार युवतीसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले धनगढी चौराहको बुढिनन्दा होटेल सहितका विभिन्न चार वटा होटल सञ्चालकलाई यौन धन्दा गराएको आरोपमा पक्राउ बताए ।
ती होटलबाट चार युवती चार जना युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । उनीहरु मध्ये चार जना अनुसन्धानपछि छुटेका छन् भने ८ जनामाथि सार्वजनिक अपराध अन्तरगत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए । धनगढीमा धेरै होटलमा प्रहरीकै मिलेमतोमा अवैध यौन व्यवसाय फस्टाएको आरोप लागेका बेला नयाँ एसपीका रुपमा पाल आएपछि भने उनले त्यस्ता होटललाई टार्केट बनाएर अप्रेशन चलाइरहेका छन् ।