कञ्चनपुर। कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किएर दुर्घटना भएको छ । चानदेउबाट बेलौरीतर्फ जाँदै गरेको से ७ प ५३८४ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको ट्याक्टर आईतबार बेलुकी साढे ७ बजे एक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले बताएको छ।
लालझाँडी गाउँपालिका वडा नम्बर ६ मा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ९ दैजीका २७ वर्षीय सुकराम रानाको मृत्यु भएको हो। उनको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। यस्तै दुई जना घाइते भएका छन्। उनीहरुको परिचय खुलाइएको छैन्। दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका र उनको खोजी कार्य भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको कञ्चनपुर प्रहरीले बताएको छ।