काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भयानक जनविद्राहको चेतावनी दिएका छन्। सहिद दिवसको अवसरमा आज यादवले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन् ।
यादवले नेपाली जनता सूचित, चेतनशील र संगठित हुँदै गइरहेको भन्दै यस्तै अवस्था रहिरहेमा देशमा जबबिद्रोह हुन सक्ने टिप्पणी गरेका हुन्।
संबैधानिक परिषदले न्यायाधीश, अख्तियार, महालेखा परीक्षक, निर्वाचन आयोग, मानव अधिकार आयोग, बित्त आयोग, महिला आयोग, समावेशी आयोग आदि संबैधानिक अङ्गहरुमा नियुक्तिकालागी सिफारिस गर्ने बताएका छन्। राष्ट्रिय सुरक्षा परिषदले नेपालको समग्र राष्ट्रहित सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा र नेपाली सेना परिचालनको सिफारिस गर्ने उनको भनाइ छ। नेता यादवले मधेशी, थारु, मुस्लिम, दलित, जनजाति आदिलाई सो संस्थाहरुमा समावेशीकरण हुनबाट बञ्चित गरेको उल्लेख गर्दै त्यसले राष्ट्रिय एकता जोगाउन असम्भव हुने धरणा राखेका छन् । यादव गत मंसिरमा सम्पन्न निर्वाचनमा सप्तरी क्षेत्र २ बाट निर्वाचनमा पराजित भएका थिए । उनलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले हराएका थिए । जसपाले सरकारलाई समर्थन गरेपनि मन्त्री भने पठाएको छैन् । उपराष्ट्रपतिको माग गर्दै सरकार सहभागी नभएको हो ।