धनगढी। कैलालीको गोदावरीमा एक जना मृत फेला परेका छन्। गोदावरी नगरपालिका वडा नम्बर ९ सेहरीका ६३ वर्षीय सन्चा राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए।
उनी आफ्नै घरको पश्चिमपट्टी रहेको खेत बारीमा आइतबार बिहान १० बजे तिर मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी जोशीले मापसे गरिरहने ब्यक्ती रहेको जानकारी दिएका छन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।