काठमाडौं। रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र पुनः प्राप्तिका लागि आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने तयारी गरेका छन् । लामिछानेको निजी सचिवालयका अनुसार उनी बिहान बबरमहस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौं जाँदैछन्।
उनले स्थानीय प्रशासनसँगको समन्वयनमा नागरिकता लिने प्रक्रिया अगाडि बढाउन लागेका हुन्। सर्वोच्चको आदेशमा नागरिकता लिने प्रक्रियाबारे केही नबोलेकाले प्रशासनले नियमित प्रक्रियाबाटै उनलाई नागरिकता प्रमाणपत्र दिने भएको छ। अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नगई पुरानै नागरिकता प्रयोग गरेपछि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो। उक्त मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरिदिएको थियो।