धनगढी। निर्माण ब्यबसायी महिलाहरुको सुदुरपश्चिम प्रदेश स्तरीय निर्माण ब्यबसायी भेलाले बसन्ती भण्डारीको संयोजकमा सुदुरपश्चिम प्रदेश निर्माण महिला समन्वय समिति चयन गरेको छ ।धनगढीमा आज भएको भेलाले समन्वय समितिको सह(संयोजकमा शुभलक्ष्मी हमाल र इश्वरी ओलि चयन भएका छन।



त्यस्तै अन्य सदस्यहरुमा निर्मला सापकोटा भट्ट, इश्वरी देबि जोरा, लक्ष्मी रिजाल केसी, अहिल्या बोहरा, दीपा बोहरा, गिता नेपाली, ममता बोहरा, मिना शर्मा कोइराला र राधिका भुजेल चयन भएका छन ।कार्यक्रममा निर्माण क्षेत्रमा उल्लेखनीय भुमिका निर्वाह गरेको भन्दै चार जना महिला निर्माण ब्यबसायीलाई सम्मान गरिएको छ। सम्मानित हुनुहुनेमा रश्मि बिल्डर्स प्रालि कंचनपुरकि शक्ति पन्त बिष्ट, सुर्मादेबी कन्स्ट्रक्सन कैलालीकि गिता शर्मा कोइराला, हेमा निर्माण सेवाकी इश्वरी ओली र मोहन कुमारी कालिकोटे रहेका छन। कार्यक्रममा नेपाल निर्माण ब्यबसायी महासंघका उपाध्यक्ष प्रकाश बहादुर सेठी, महासंघका प्रदेश अध्यक्ष लक्ष्मण कुमार स्वार, केन्द्रिय सदस्यहरु किशोर ठकुराठी, दिनेश सिंह, गंगा पोखरेल, यमुना भट्ट लगायतको उपस्थिति रहेको थियो।
