कञ्चनपुर। कञ्चनपुरको पुनर्वासमा अटो दुर्घटना भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिकामा ५ सिम्रीस्थित अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन्। शनिवार पुनर्वास नगरपालीका– ५ सिम्रीस्थित धनगढी–बेलौरी हुलाकी सडकमा म १ ह ८२४ नम्बरको अटो अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको प्रहरीले बताएको छ ।
घाइते भएका मकवानपुरको हेटौडा उपमहानगरपालीका–१ का ३१ वर्षीय सरोज रिमालको मृत्यु भएको छ। उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पुर्नवासका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए।
यस्तै अटोमा सवार रामेछापको सुन्थलि नगरपालीका–११ का १८ वर्षीया सबिना घिमिरे र महोत्तरीको मर्दिवास नगरपालीका–४ का २२ वर्षीय शुशिल बुढाथोकि घाइते भएका छन्। दुबै जनाको मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कुहिरोका कारण सडकमा एक्कासि ढुङ्गा देखेपछि अटोलाई ठोक्किनबाट बचाउने क्रममा दुर्घटना भएको बताइएको छ। यद्धपी घटना सम्बन्धमा थप अनु्सन्धान भैरहेको प्रहरीले बताएको छ।