धनगढी। धनगढीमा प्रहरीले अबैध सामाग्रीसहित केही मानिसहरुलाई नियन्त्रणमा लिइएको छ। प्रहरी टोलीले धनगढी उप–महानगरपालिका २ त्रिनगर भन्सार सीमानाकाबाट हुने लागु औषध तस्करी र विष्फोटक पदार्थको ओसारपसार नियन्त्रणका लागी अबैध सामाग्री सहित केही मानिसहरुलाई नियन्त्रणमा लिएको हो।
शुक्रबार दिउँसो ३ बजेदेखी साँझ ६ बजेसम्म जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायव उपरीक्षक बेद प्रकाश जोशी र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीबाट प्रहरी निरीक्षक गौरी प्रसाद जैसीको संयुक्त प्रहरी टोलीले उक्त सामाग्रीसहित २० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरी टोलीले तालिम प्राप्त कुकुरबाट कुकुर सुँघ्न लगाई भन्सारको वडा एरियाबाटबिभिन्न पसलहरुमा खुल्ला बोतलमा राखिएको ३७ लिटर पट्रोल,६० लिटर घरेलु मदिरा,१ किलो मदिरा बनाउने औषधी,१० लिटर जाँड,२ थान मोटरसाईकल,१० वटा कागज पत्र,२ वटा अटो नियन्त्रणमा लिएको जनाइएको छ। ३४ वटा सवारी साधन कारबाहीमा १७ हजारको राजस्व संकलन गरिएको छ । यस्तै उक्त कारोबारमा संलग्न २० जना लाई नियन्त्रणमा लिएको कैलाली प्रहरीले बताएको छ । जसमा २ जना लागुऔषध किट बक्स प्रयोग मार्फत सेवन गर्ने, लागुऔषध चरेस सेवन ३ जना र अन्य तास खेल्ने तथा क्यारिम बोर्ड खेल्नेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।