कञ्चनपुर। कञ्चनपुरमा भिड नियन्त्रण सम्बन्धि आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी कर्मचारीहरुको सहभागितामा प्रहरी आदेश व्यवस्थापन सम्बन्धि भिड नियन्त्रण सम्बन्धि आन्तरिक प्रशिक्षण कार्यक्रम सञ्चालन गरीएको हो।
आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत ५५ जना प्रहरी कर्मचारीहरुको सहभागितामा क्षमता विकास गर्ने उदेश्यले भिड नियन्त्रण सम्बन्धि आन्तरिक प्रशिक्षण कार्यक्रम सञ्चालन गरीएको जनाइएको छ।