धनगढी। कैलालीको धनगढीबाट अवैध लागुऔषधसहित दुई जना किशोर–किशोरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–९ बाग्राकटानबाट अवैध लागूऔषधसहित उनीहरु पक्राउ परेका हुन्।
२ ग्राम ५ सय ७० मिलिग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–५ का १८ वर्षीय किशोर र १७ वर्षीया किशोरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।