अत्तरिया। कैलालीको गोदावरी नगरपालीका वडा नम्बर १ रहेको जे के माध्यमिक बिद्यालयले सरस्वती पूजा २०७९ भब्यताका साथ मनाएको छ। माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्तपञ्चमी अर्थात् सरस्वती पूजा बिभिद सांस्कृतीक कार्यक्रमको आयोजना गर्दै मनाइएको बिद्यालय जनाइएको छ।
बिद्यालयका प्रिन्सीपल दिपक ओझाले सरस्वती पूजाको अवसरमा शुभकामना ब्यक्त गर्दै स साना नानी बाबुहरुलाई अक्षरारम्भ गराइएको जानकारी दिए। साथै आजको दिनमा पिजी र नर्सरी कक्षामा निःशुल्क भर्ना गराइएको समेत बताएका छन् । बिद्यालयमा आयोजना गरिएको सरस्वती पुजा कार्यक्रममा सरस्वती देवीको बिशेष पूजा विधिपूर्वक गरिनुकासाथै सांस्कृतीक कार्यक्रमको आयोजना गरिएको थियो । सरस्वती पुजा कार्यक्रममा प्रमुख अतिथी, बिशिस्ट अतिथि, बिद्यार्थी शिक्षक,अभिभावकलगायतको उपस्थीती रहेको बिद्यालयले जनाएको छ।बिद्यालयका प्रिन्सिपल ओझाले बिद्यालयले बिद्याथीहरुलाई शिक्षण सिकाईका साथै अतिरीक्त कृयाकलापमा जोड दिदै आएको बताएका छन्। उनले बिद्यालयमा बिद्यार्थीहरुलाई खुसी सिकाइ वातावरण सहित सेवा सुबिधा उपलब्ध गराइरहेको बताएका छन्। उक्त बिद्यालयमा बिद्याथीहरुलाई अध्ययनको एकीकृत मोडल अनुसार शिक्षा प्रदान गरिहेको बिद्यालयले जनाएको छ । बिद्यालयमा प्रि स्कूल प्रशिक्षित शिक्षकहरू, सिसी टिभी निगरानी, नृत्य, नाटक, भाषण, संगीत, खेलकुद, कला र शिप,यातायात सुविधा, खुसी सिकाइ वातावरण उपलब्ध रहेको बताईएको छ।