अत्तरिया। कैलालीको अत्तरियामा रहेको गुराँस एकेडेमीले सरस्वती पुजा कार्यक्रम २०७९ भब्यताका साथ मनाएको छ। गुराँस एकेडेमीको सरस्वती पुजा कार्यक्रमका प्रमुख अतिथी गोदावरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष एबं नगर प्रबक्ता गोपाल दत्त भट्ट रहेका थिए।



यस्तै बिशिस्ट अतिथि बिद्यालयका शिक्षक,अभिभावक संघका कार्यबाहक अध्यक्ष रण बहादुर खड्का रहेका थिए । यस्तै अतिथिहरुमा गोदावरी पोलिक्लिनिकका डाक्टर संजय चौधरी,अभिभावक भरत बिक्रम शाह र गोदावरी पोलिक्लिनिकका संचालक नरेश नेपालीलगायत बिद्याथीहरुको उपस्थीती रहेको बिद्यालयले जनाएको छ। गुराँस एकेडेमी बिद्यालयका अध्यक्ष तथा कार्यकारी निर्देशक डम्बर सिंह कडायतको सभापतित्वमा भएको कार्यक्रममा बिबिध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। उक्त साँस्कृतिक कार्यक्रममा बिद्यार्थीहरुले आ आफ्नो नाचगानसँगै मनोरञ्जन पस्केका थिए।
भने सरस्वती पुजाको अवसरमा झण्डै ६० जना नयाँ बिद्यार्थिहरुलाई अक्षराम्भ र भर्ना गरिएको कार्यकारी निर्देशक डम्बर सिंह कडायतले बताए। निर्देशक कडायतका अनुसार कार्यक्रममा बिद्यार्थी, शिक्षक तथा अबिभावक लगायत बिभिन्न ब्यक्तीत्व गरी झण्डै २ हजार भन्दा बढीको उपस्थिति रहेको जानकारी दिए । प्रिन्सिपल रमा बोहरा कडायतले बिधालयले अझै आगामी शैक्षिकसत्रदेखि नबिनतम सोच र योजना सहित यस क्षेत्रकै अब्बल रुपमा अघि बढ्ने कुरामा जोड दिएकी छिन्। यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोदावरी नगरपालीकाका प्रबक्ता गोपाल दत्त भट्टले गुराँस एकेडेमीले समाजमा पुर्याएको योगदान र गुणस्तरीय शिक्षाको बारेमा प्रशंसा गरेका थिए।त्यस्तै बिशिस्ट अतिथि खडकाले शैक्षिकसत्र २०७८ को एसईईमा सुदुरपश्चिम प्रदेशमै सर्बोत्कृष्ट नतिजा ल्याउन सफल बिधालयले ईतिहास निर्माण गरेको कुरा बताएका छन्।
