धनगढी : नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिम प्रदेश अध्यक्षमा पुन: ललित चन्द चयन भएका छन् । आज भएको संगठनको दोश्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा चन्द दोहोरिएका हुन् । संगठनको उपाध्यक्षमा मोहन सिहं सावद, उपाध्यक्षमा बिष्णु दत्त जोशी, सचिवमा राम सिहं महरा, सह सचिवमा दुर्गा रावल, देवी सिहं साउँद, कोषाध्यक्षमा बामदेव अवस्थी चयन भएका छन् । सदस्यहरुमा नवराज जैशी, शंकर वली, भुवनेश्वर चौधरी, भानु देव पनेरु, लाल बहादूर महरा, मिरा भट्ट, जय बहादूर बिष्ट र निर्मला बिष्ट चयन भएका छन् । यस्तै सल्लाहकारमा प्रमुख भोजबहादुर शाही र सदस्य अर्जुन स्वार चयन भएका छन् ।
आज भएको दोश्रो अधिवेशनबाट अध्यक्ष सहित प्रदेश कमिटि सर्वसम्मत चयन भएको अध्यक्ष ललित चन्दले बताए । उनले अध्यक्षमा सर्वसम्मत चयन गर्नुहुने सबैलाई धन्यवाद दिएका छन् । आफ्नो अघिल्लो कार्यकालमा शुरु गरेका थुप्रो योजनाहरु अधुरो रहेको र तिनलाई पुरा गर्ने उनले बताएका छन् । साथै यातायात मजदूरका धेरै समस्या रहेका कारण ति समस्या सम्बोधनका लागी सम्बन्धित निकायलाई घचघच्याउने चन्दले बताए । आजै एक कार्यक्रमका बिच संगठनको दोश्रो अधिवेशन संगठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राइले उद्घाटन गरेका थिए ।