दाङ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएको छ। नागरिक उन्मुक्तिको समर्थनमा एमालेका राजेन्द्र रावल २७ पुसमा मुख्यमन्त्री बनेका थिए । उनले एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ।
तर नागरिक उन्मुक्तिको समर्थन गर्ने सुनिश्चित नभएका कारण अहिलेसम्म विश्वासको मत लिएका छैनन्। उनले शीर्ष तहबाटै सहमति खोजेका छन्। तर नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले भने सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने बताएकी छन्। बुधबार दाङमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भनिन्, ‘सत्ता गठबन्धनमा रहेर हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेको छौं। सुदूरपश्चिममा पनि सरकार बनाएका छौं । तर माग पुरा नभएपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौं।’ यद्यपि छलफलका क्रममा आफूहरुको माग मुद्दाप्रति प्रधानमन्त्री सकारात्मक पाएको उनले बताइन्।
यद्यपि छलफलका क्रममा आफूहरूको माग मुद्दाप्रति प्रधानमन्त्री सकारात्मक पाएको उनले बताइन्। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र रावल सहतिको टोली नागरिक उन्मुक्ति पार्टीलाई सहमतिमा ल्याउन काठमाडौँमा छन्। यस्तै मुख्यमन्त्रीको बिश्वासको मतका लागी आज सुदुरपश्चिम प्रदेशसभाको बैठक बोलाइएपनी बिभिन्न कारणले स्थगित गरिएको छ।
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, सभामुख र उपसभामुख चयन गर्न समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई विश्वासको मत नदिने आफ्नो अडान यथावत राखेको छ। टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका सो पार्टीका संरक्षक रेशम चौधरीसहित नेता कार्यकर्ता रिहाई गर्न सरकारले पटक–पटक आश्वासन दिए पनि माग पूरा नगरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारलाई विश्वासको मत नदिने घोषणा गरेको छ। काठमाडौँमा उनीहरूले पार्टिका शिर्ष नेतासँग र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग प्रत्यक्ष कुरासमेत गरेको जनाइएको छ।