धनगढी। कैलालीमा आगलागी र वन मुद्दामा फरार दुई जना प्रतिवादीहरु पक्राउ परेका छन्। आज बिहान ०९ः३५ बजेको समयमा ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले आगलागी र वन मुद्दाका फरार २ प्रतिवादीलाई कैलालीको बर्दगोरिया गाउँपालिकाबाट पक्राउ गरेको हो।
कैलाली जिल्ला अदालतको मिति २०६९ फागुन १३ गते फैसला भई फरार रहेका आगलागी मुद्धाका कैलालीको कोटातुल्सिपुर १ घर भई हाल बर्दगोरिया गाउँपालिका ४ का बिर बहादुर चौधरी रहेका छन्। यस्तै कैलाली जिल्ला अदालतको मिति २०७४जेठ २९ गतेको फैसलाले ६ महिना कैद भई फरार रहेका बन मुद्धाका कैलाली कोटातुल्सिपुर ९ घर भई हाल बर्दगोरिया गाउँपालीका ५ का ज्ञान बहादुर कठरीयालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई लुकीछिपी बसिरहेका अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागी कैलाली जिल्ला अदालतको पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।