धनगढी। धनगढीमा भन्सार छलीका समानसहित एक जना पक्राउ परेका छन् । कैलाली धनगढी उप महानगरपालिका वडा नम्बर २ मिलनचोक स्थित भारतका २७ बर्षिय अकबर अलिलाई प्रहरीले पक्राउ गरेको हो।
Advertisement



भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको १५ किलो माछा, २५ किलो खुर्सानी, ४० किलो चिनीसहित उनलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार सामानसहित अलिलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याई थप अनुसन्धान भईरहेको जनाइएको छ।
Advertisement
