धनगढी : नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिम प्रदेश कमिटिको दोश्रो अधिवेशनका लागी केन्द्रिय अध्यक्ष सहित पदाधिकारीको टोली धनगढी पुगेको छ । माघ ११ गते बुधबार धनगढीमा हुन लागेको दोश्रो अधिवेशनका लागी संगठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राई, उपाध्यक्ष नवराज घिमिरे, उपाध्यक्ष बिस्णु लामा, महासचिव केशव थापा र उप महासचिव खगेन्द्र बहादूर वली धनगढी पुगेका छन् ।
प्रदेशको दोश्रो अधिवेशनका लागी धनगढी पुगेको केन्द्रिय टोलीलाई धनगढी बिमानस्थलमा नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिमका अध्यक्ष ललित चन्द सहितको टोलीले स्वागत गरेको छ । संगठनका प्रदेश अध्यक्ष चन्दका अनुसार केन्द्रिय पदाधिकारीहरुलाई धनगढी बिमानस्थलमा स्वागत गरिएको हो ।
बुधबार धनगढी उप महानगरपालिका वडा नम्बर ३ स्थित होटल हटपटमा संगठनको दोश्रो अधिवेशन उद्घाटन हुने अध्यक्ष चन्दले बताए । बिहान १० बजेबाट शुरु हुने अधिवेशन कार्यक्रममा सबै सदस्य तथा अतिथीहरुलाई उपस्थितीका लागी चन्दले आग्ह गरे ।