बाजुरा। बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण एक जनाको मृत्यु भएको छ। गौमुल गाउँपालिका वडा न २ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य बाजुराले जनाएको छ। मंगलबार दिउँसो भुकम्प गएको बेला जंगलमा घास काटीरहेको बेला माथीबाट ढुगां खस्दा उनको मृत्यु भएको स्थानियले बताएको प्रहरीको भनाइ रहेको छ।
घटना भएको भनिएको ठाउमा प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सुर्य थापाले बताएका छन। थापाले यस बिषयमा प्रहरीको टोली घटना स्थलमा पुगेपछी मात्र जानकारी हुने उनले बताएका छन। त्यसै गरी भेडा चराउन गएका गौमुल गाउँपालिका वडा न १ का एक जना घाइते भएका छन। जंगलमा भेडा चराउन गएका बेला माथीबाट भिर फुटेर पहिरो जाँदा ४० देखी ५० भेडा मरेका र गाठालो गएका रामदल बोहरा घाईते भएको स्थानिय सुवास रोकायाले बताएका छन। उनको नजकिको स्वास्थ्य संस्थामा उपचार भईरहेको स्थानिय सुवास रोकायाले जानकारी दिएका छन।
अहिले सम्मका तथ्याक अनुसार बडिमालिका नगरपालिका ७ रजातोलीका हरिचन्द पाध्या र सोही नगरपािलका ८ का हर्क गुरुग र बिरजिते चदाराका घरहरु भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। ‘अरू क्षतिबारे प्रहरीले विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। त्यसै गरी बडिमालिका ७ सिराडीमा पनि एक घर भत्किएको र मानविय क्षेती नभएको स्थानिय पत्रकार राम बहादुर बिकले बताएका छन। जिल्लामा दर्जनौ घरहरुमा क्षेती गरेको अनुमान गरिएको छ। मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको बिच्छया आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको थियो। सुदूरपश्चिम र कर्णालीका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।