सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा गएरातिदेखि हल्का वर्षा र हिमपात भइरहेको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण यी दुई प्रदेशमा वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । लामो समयपछि हिमपात भएपछि किसान हर्षित भएका छन्।
आज लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रमा पनि हल्का वर्षाको अनुमान छ । वर्षा भएका ठाउँमा मेघगर्जनको पनि सम्भावना रहेको मौसमविद् जनाएका छन् ।गण्डकी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भए पनि गण्डकीमा पानी पर्ने सम्भावना कम छ । बाग्मती, मधेस प्रदेश र प्रदेश–१ को मौसम भने सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।