काठमाडौं। उपसभामुख इन्दिरा राना मगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेसमक्ष शपथ लिएकी हुन्।
Advertisement



शपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थिति थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रानामगर उसभामुखमा निर्वाचित भएकी थिइन् । उपसभामुखमा निर्वाचित भएपछि राना पार्टीबाट अलग भएकी हुन् । संसदमा निष्पक्ष भूमिका निर्वाह गर्नु पर्ने भएकाले उपसभामुख हुने व्यक्ति राजनीतिक जिम्मेवारीमा नरहने प्रचलन छ ।
Advertisement

Advertisement

Advertisement

Advertisement
