धनगढी। कैलालीमा कर्तब्य ज्यान मुद्दामा २ वर्ष कैद ५०० सय जरिवाना सजाय तोकिएका फरार अभियुक्त पक्राउ परेका छन् । कर्तब्य ज्यान मुद्दा शिर्षकमा कैलाली जिल्ला अदालतको २०७१ बैसाख १७ गतेको फैसलाले २ बर्ष कैद रू ५०० जरिवाना तोकिई फरार रहेका एक अभियुक्त पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी वडा नं २ बस्ने बर्ष ३० को श्याम शर्मा रहेका छन् । शर्मालाई खोजतलास गर्दै जाँदा आज आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले घर ठेगानाबाट पक्राउ गरीएको जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।