धनगढी : कैलालीको कैलारी गाउँपालिकामा रहेको इलाइट युथ क्लवले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कैलारी गाउँपालिका वडा नम्बर ६ बनकट्टामा आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको क्लवका अध्यक्ष देवेन्द्र हमालले बताए ।
रगत अभावकै कारण कयौँले अकालमै ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै क्लवले सामाजिक सेवा स्वरुप रक्तदान कार्यक्रम आयोजना गरेको हमालले बताए । बढीजसो शहर केन्द्रित रक्तदान कार्यक्रमलाई गाउँमापनि आयोजना गर्दा रगत दान गर्नुपर्छ भन्ने चेतना बढेको र रगत अभावको समस्यालाई केही समाधान गर्न सहयोग पुगेको वडा अध्यक्ष प्रेम चोधरीले बताए ।
स्थापनाको छोटो समयमै क्लव सामाजिक कार्यमा क्रियाशिल भएकोमा उनले खुशी ब्यक्त गरे । कैलारीमा यति मात्रै नभएर अन्य समातिक कार्यमा क्लवको सक्रियता रहने अध्यक्ष चौधरीले बिश्वास ब्यक्त गरे । क्लवका अध्यक्ष हमालले यस्ता सामाजिक कृयाकलापहरुलाई क्लवले निरन्तरता दिने बताए । माघ २० गतेबाट क्लवले बनकट्टा खेलमैदानमै फुटवल प्रतियोगिताकोपनि आयोजना गर्न लागेको छ ।