कञ्चनपुर। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी अशोक सिंहले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको निरीक्षण गरेका छन्।आइतबार बिहान साढे ८ बजे डीआईजी सिंहले निरीक्षण तथा अनुगमनको सिलसिलामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निरीक्षण गरेका हुन्।
उनले प्रहरी कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनले प्रहरी हिरासत, भौतिक संरचना लगायतको निरीक्षणका साथै डीआईजी सिंहले प्रहरी कर्मचारीलाई पालना गर्नु पर्ने आँचरण व्यवहार तथा सेवाग्राहीहरू संगको बोली ब्यवहारका बारेमा निर्देशन दिएका थिए। डीआईजी सिंह केही दिन अगाडि मात्रै सरुवा भएर सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हाल्न आएका थिए।
उनी जिल्लाको सुरक्षाका साथै प्रहरी कार्यालयको वस्तुस्थिती बुझ्न अहिले प्रदेशका ९ वटै जिल्लाका प्रहरी कार्यालयको निरीक्षण गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डिआइजी मोहनकुमार आचार्यको सरुवा भएपछि प्रदेशको कमाण्ड समाल्न नेपाल प्रहरी प्रधान कार्यालय बिशेष ब्युरो नक्साल काठमाण्डौँबाट सिंह आएका हुन्। नेपाल सरकार गृह मन्त्रालयले गत बिहीबार १७ डिआइजी र २४ एसएसपीको एकैपटक सरुवा गरेको थियो।


