कञ्चनपुर। पोखरामा जहाज दुर्घटनामा ज्यान गुमाएका कञ्चनपुरका आमा–छोराको आज महाकालीमा दाहसंस्कार गरिने भएको छ। कास्कीको पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा कञ्चनपुरका आमा–छोराले ज्यान गुमाएका थिए । ज्यान गुमाएका भीमदत्त नगरपालिका–४ का सुष्मा भट्ट र उनका छोरा स्लकको शव घर ल्याइएको छ।
‘काठमाडौंबाट शव लिएर एम्बुलेन्स आज बिहानतिर घरमा पुगेको थियो। मृतक भट्टको परिवार स्रोतले दिउँसो १२ बजेतिर महाकाली घाटमा अन्तिम संस्कार हुने बताएका छन्। सो विमान दुर्घटनामा चालक दलका ४ सहित ७२ जनाले ज्यान गुमाएका थिए। विमान दुर्घटनामा ज्यान गुमाएका सुष्मा महेन्द्रनगरका व्यवसायी सञ्जिवचन्द्र भट्टकी श्रीमती हुन भने स्लक कान्छा छोरा हुन। काठमाडौंबाट घुमफिरका लागि पोखरा जाँदै गर्दा उनीहरु सवार विमान पोखरा विमानस्थल नजिक दुर्घटनाग्रस्त भएको थियो। सो दुर्घटनामा परेर कञ्चनपुर आमा–छोराको मृत्यु भएको थियो।