कैलालीमा दुइजनामाथी खुकुरी प्रहार भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका १ को भुरुवामा दुई युवकमाथी खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट उनिहरु घाइते भएका छन् । घाइते हुनेमा जगत टमटा र राजेश टमट्टा रहेका छन् । सोमबार राति छिमेकीको घरमा नाच्न गएका बेला आपसी विवादका क्रममा उनीहरुबीच लफडा भएको थियो ।
विवादका कारण चार जना स्थानीय युवाले दुवै जनामाथि धारिलो हतियार प्रहार गरेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । उनीहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ । हतियार प्रहारमा संलग्न भएको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । तर उनीहरुको परिचय भने गोप्य राखिएको छ ।