काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि आज मनोनयन हुँदैछ। संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार शुक्रबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ। मतदान भोलि (शनिबार) दिउँसो १ बजेबाट सुरू हुने प्रतिनिधिसभा बैठकमा तय गरिएको छ।
सत्तागठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने समझदारी भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ।आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ। सत्ता गठबन्धनकै तर्फबाट नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन्।


