काठमाडौं। बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । आज शुक्रबार बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९:६ मा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो।
बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।‘काठमाडौंमा ल्याण्ड हुन नसकेपछि। अन्यत्र कहीँको एयरपोर्ट खुलेको थिएन । हाम्रोमा मात्र खुलेको थियो। त्यही भएर यहाँ अवतरण भएको हो। केहीबेरअघि काठमाडौंका लागि उडिसकेको छ‘, ती अधिकारीले भने।
उक्त विमान ८०/८२ सीटको भएको बताइएको छ। उक्त विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो। अहिले १६०० पुगेको छ। मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ। बिहानदेखि भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलसँगै धेरै आन्तरिक विमानस्थलको उडान प्रभावित भएको छ।