बैतडी। बैतडीमा बेपत्ता महिला मृत अवस्थामा फेला परेकी छिन्। बैतडीको सिगास गाउँपालिका वडा नं ६ थलाकाँडाका लोकेन्द्र धामीकी २० वर्षिया श्रीमती राधीका धामी चार दिन देखि बेपत्ता थिइन्। उनी आज बिहीवार मृत अवस्थामा फेला परेकी हुन्।
Advertisement



थलाकाँडाको उबखोला भन्ने ठाउँमा उनी आज मृत फेला परेकी स्थानीय खगेन्द्र सिंह धामीले जानकारी दिए। स्थानीयले दिएको जानकरी अनुसार राधीका माघ दुई गते दिउंँसो घास काट्न जान्छु भनेर घरबाट निस्केकी थिइन्।घाँस काट्न निस्केकी उनी घर नआएपछिे खोजि कार्य भइरहेको थियो। स्थानीयले खोज्ने क्रममा उनलाइ बिहीवार मृत अवस्थामा भेटेको हो। यता जिल्ला प्रहरी कार्यालय बैतडीले भने घटनाबारे बुझने काम भइरहेको बताएको छ।
Advertisement
