धनगढी। धनगढीमा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उप महानगरपालिका वडा नंम्बर ६ जालीकी १६ वर्षिया स्वस्तिका थापा मृत अवस्थामा फेला परेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीकी प्रहरी निरिक्षक सरस्वती अधिकारीले मंगलवार दिउसो उनी झुन्डिएको अवस्थामा फेला परेको बताइन्। उनले के कती कारण घटना भएकोबारे नखुलेको र अनुसन्धान भैरहेको जानकारी दिइन्। मृत भेटिएकी उनी त्रिनगर माध्यामिक विद्यालय कक्षा ११ को कानुन संकायमा अध्यनरत बिद्यार्थी हुन्। विद्यालय प्रधानाध्यापक भुपाल सिं खड्काले कक्षा ११ मा अध्ययनरत बिद्यार्थी भएको बताउँदै उनको मृत्युको शोकमा आज विद्यालयको पठन पाठन बन्द गरिएको बताए।