धनगढी। सुदुरपश्चिमकी नवनिर्वाचित उपसभामुख कोईली देवी चौधरीले पदभार सम्हालेकी छिन्। उपसभामुख पद तथा गोपनियताको सपथ लिए लगत्तै उनले पदभार सम्हालेकी हुन। मंगलबार निर्वाचित उपसभामुख चौधरीले प्रदेश प्रमुख देवराज जोशीबाट सपथ लिईन्।
पदभार सम्हाल्दै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भनीन, प्रदेश सभामा निष्पक्ष ढंगले भुमिका निर्वाह गर्छु। वहाल रहेसम्म कुनै पनि दलप्रति आवद्धता देखाउदिन, सभामुखसँगको समन्वयको आधारमा अघि बढ्ने उनले भनिन्।
यस्तै उपसभामुख पदको गरिमा सधैँ उच्चो राख्ने र कसैलाई पनि विभेद नगर्ने समेत बताइन्। उनी नेकपा एमालेबाट समानुपातिकतर्फ प्रदेश सभामा निर्वाचित भएकी हुन्। उनी नेपाल महिला संघकी जिल्ला अध्यक्ष हुन। मंगलबार सुदुरपश्चिमको उपसभामुख पदका लागी भएको निर्वाचनमा जम्मा मत ५१ खसेको थियो। एमालेकी कोइली देवी चौधरीले २८ मत ल्याएर निर्वाचीत भएकी थिइन्।
यस्तै उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी माया पन्तले २३ मत पाएकी थिइन्। चौधरीलाई एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको साथ थियो भने पन्तलाई कांग्रेस नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक सांसदको साथ थियो। ५३ जना प्रदेश सभा सदस्य रहको सुदूरपश्चिम प्रदेशमा उपसभामुख चयन हुन २७ मत आवश्यक पर्छ। यहाँ माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ मत छन्। यता कांग्रेस गठबन्धनमा कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद छन्। हिजो बिहान माओवादीका भीम भण्डारी सभामुखमा चयन भएका थिए।