काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधिसभा प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत भएका छन्। पार्टी संसदीय दलको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देननलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन् । राप्रपा प्रवक्ता समेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभामा विजयी बनेका थिए।
तत्कालीन सत्तारुढ गठबन्धनका उम्मेदवारलाई झण्डै ११ हजार मतले हराएका शाही प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्ने पनि चर्चा थियो। तर, अध्यक्ष लिङ्देनले मन्त्रीमा पाका अनुहारलाई रोजेर शाहीलाई संसदीय जिम्मेवारी सुम्पिएका हुन् ।उनी राप्रपाका प्रवक्तासमेत हुन्। मलाई प्रमुख सचेतक तोकिएको पत्र प्राप्त भएको छ, शाहीले भने, मैले पार्टी भित्र पनि यो जिम्मेवारी दिन आग्रह गरेको थिएँ।

