धनगढी। कैलालीको धनगढीबाट अत्तरिया जाँदै गरेको ट्रक गेटामा दुर्घटना भएको छ। मंगलबार राती १२ बजे से १ ख २०५१ नम्बरको ट्रक गेटा मेडिकल कलेज नजिकै दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियो जानकारी दिएको छ।
ट्राफिक प्रहरी कार्यालय अत्तरियोका अनुसार ट्रक धनगढी अत्तरिया ६ लेन अन्तरगत गेटा मेडिकल कलेज नजिकै पिच सडकमा पल्टिएको हो। ट्रक चालक चन्द्रसिंह रटौलिले मोटरसाइकललाई बचाउने क्रममा दुर्घटना भएको प्रहरीलाई बयान दिएका छन्।धनगढीबाट अत्तरिया जादै गरेको सिमेन्ट,सरिया बोकेको ट्रक अनियन्त्रित भएर सडकमा दुर्घटना भएको ट्राफिक प्रहरी अत्तरियाले जनाएको छ। ट्रकमा चालकसहित ३ जना सवार रहेको प्रहरीले जनाएको छ। ट्रक दुर्घटना हुँदा कुनै मानवीय क्षति नभएको ट्राफिक प्रहरी अत्तरियाले जानकारी दिएको छ।