धनगढी। कैलालीको गोदावरीलाई स्थायी राजधानी कार्यान्वयन गर्नुपर्ने भन्दै हस्ताक्षर अभियान सुरु गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले स्थायी राजधानी तोकेको गोदावरीलाई बनाउन र कार्यान्वयन गर्नुपर्ने भन्दै हस्ताक्षर अभियान सुरु गरिएको हो । अत्तरिया उद्योग वाणिज्य संघले प्रदेशको स्थायी राजधानी कार्यान्वयन गर्न भन्दै हस्ताक्षर अभियान थालेको अध्यक्ष अशोक राज देबकोटाले बताए। राजधानी कार्यन्वयनको लागि दबाब दिन हस्ताक्षर अभियान थालिएको छ,
अत्तरियामा जारी महोत्सवको मुल गेटमा सर्बसाधारणहरुको हस्ताक्षर शुरु गरिएको छ उनले भने। उनले गोदावरी वडा नम्बर २ र ४ मा सरकारले प्रदेश को राजधानी घोषणा गरिएको छ तर पनी भौतिक संरचना अहिलेसम्म निर्माण गरेको छैन् । हामी यसरी दबाब दिइरहेका छौँ प्रदेश सरकारलाई उनले भने। महोत्सव अबधि भर हस्ताक्षर संकलन भन्दै दबाब दिरहने देबकोटाको भनाई छ। हस्ताक्षर संकलन भएपछि सरकारलाई बुझाइने अत्तरिया उद्योग वाणिज्य संघको योजना रहेको छ। महोत्सव माघ ९ गते सम्म चल्ने छ।


