धनगढी। आज भएको सुदुरपश्चिम सभामुखको निर्वाचनमा नेपाली काँग्रेसका तीन जना सांसदले आफ्नै उम्मेदवारलाई मत हालेनन्। आफ्नै पार्टी तथा नेपाली काँग्रेसका तर्फबाट सभामुखका उम्मेदवार रहेका मान बहादुर रावललाई काँग्रेसका तीन जना सांसदले मत नहालेका हुन्। आफ्नै पार्टीका सभामुखलाई मतदान नगर्नेहरुमा नेपाली काँग्रेसका सांसद दिवान बिष्ट, गीता कुमारी चौधरी र ललिता सुनार रहेका छन्।
उनीहरु रावलका पक्षमा मतदान हुदा प्रदेश सभामा अनुपस्थित भएका थिए। उनीहरु ढिलो गरी प्रदेश सभा हलभित्र प्रवेश गरेका कारण आफ्नै उम्मेदवारलाई मतदान गर्न बञ्चित भएका हुन्। यद्दपि माओवादी केन्द्रका उम्मेदवार भीम बहादुर भण्डारीका बिपक्षमा भने उनीहरुले मतदान गर्न पाए। मतदान प्रकृयामा माओवादी केन्द्रकी सांसद लक्ष्मी बिक पनि अनुपस्थित थिईन। उनी पनि ढिलो गरी प्रदेश सभा हलभित्र प्रवेश गरेकी थिईन। आफ्नै सांसदहरु अनुस्थित हुदा रावलले २० मत मात्र प्राप्त गरे । जवकी नेपाली काँग्रेसका प्रदेश सभामा १९ जना सांसद छन् । काँग्रेसलाई एकीकृत समाजवादीका चार जना र स्वतन्त्र सांसद डा. तारा जोशीले साथ दिएका थिए।