धनगढी। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीको रिहाईको प्रकृया शुरु भईसकेको बताएकी छन्। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले रिहाइको प्रकृया शुरु भईसकेको बताउदै कारागारमा रहेका रेशम चाँडै रिहा हुने विश्वास व्यक्त गरिन।उनले हाम्रो बटमलाईन रेशम चौधरी लगायतको रिहाई हो,रिहाईको प्रकृया त शुरु भईसक्यो। तर रिहा नभएसम्म हामी सरकारमा जाँदैनौ।
यस्तै उनले सत्ता गठबन्धनका तर्फबाट नागरिक उन्मुक्ति पार्टीलाई उप प्रधान तथा पर्यटन मन्त्री र खेलकुद मन्त्री दिने सहमती भएको समेत श्रेष्ठले बताईन। प्रतिनिधि सभामा नागरिक उन्मुक्तिका चार जना सांसद छन्। २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनका क्रममा सात जना प्रहरी र एक नाबालकको हत्या भएको घट्नामा अदालतले दोषी ठहर गर्दै रेशम लगायतका व्यक्तिलाई सजाय सुनाएको थियो। अदालतको फैसलापछि रेशम लगायतका व्यक्तिहरु कारागारमा सजाय काटिरहेका छन्।