धनगढी। सुदूरपश्चिमको सभामुखमा माओवादी केन्द्रका भिम बहादुर भण्डारी निर्वाचित भएका छन्। सभामुख चयनका लागि आज तेस्रो पटक चुनावमा जम्मा ५२ जनाले मतदान गरेका थिए। सुदूरपश्चिम प्रदेश सभामा सभामुखका उम्मेदवार माओवादी केन्द्रबाट भीम भण्डारी र नेपाली काङ्ग्रेसबाट मान बहादुर रावल रहेका थिए।
अर्थात सभामुखका उम्मेदवार माओवादी केन्द्रबाट भीम भण्डारीले २९ मत ल्याएर निर्वाचित भएका हुन्। उनले बहुमत प्राप्त गरेका छन्।अर्का सभामुखका उम्मेदवार कांग्रेसका मानबहादुर रावलको पक्षमा २३ मत खसेको छ। ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमत पाउन २७ सांसद आवश्यक पर्छ। यहाँ कांग्रेसका १९, माओवादीका ११, एमालेका १० नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादी ४ राप्रपाका १ र स्वतन्त्र १ सांसद रहेका छन्।