काठमाडौं। सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि जाने भएको छ। पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा एक मन्त्री लिएर सरकारमा जान तयार भएको हो। माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पनि लोसपालाई सरकारमा ल्याउन सहमत भएका छन्।
लोसपाका एक नेताले ‘सरकारमा जाने पक्का भएको छ, मन्त्रीको नामबारे निर्णय नभइसकेको बताए। लोसपाबाट शरतसिंह भण्डारी र सर्वेन्द्रनाथ शुक्ल मन्त्रीको दाबेदार छन्। चार सांसदमध्ये अध्यक्ष महन्थ ठाकुरले मन्त्रीमा दाबी गरेका छैनन् भने रामप्रकाश चौधरी पहिलो पटक निर्वाचित भएकाले उनको पनि दाबी छैन।