धनगढी। कैलालीको गोदावरी ३ मा गाई मार्ने गिरोह सकृय रहेको स्थानीयले बताएका छन्। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ मा गाईलाई चरम यातना दिएर हत्या गर्ने गरेको स्थानीयले बताएका हुन्। स्थानीयका अनुसार हत्यामा संलग्न गिरोह फरार छन्। राजमार्गको उत्तर तर्फ रहेको जंगलमा उक्त गिरोहले गाईलाई जंगल भित्र यातना दिएर मार्ने गरेको खुलेको स्थानीय पुस्कर कुमार शर्माले बताए।
उनले गोदावरी ३ मा गाइलाइ चरम यातना दिएर मार्ने ४,५ जनाको गिरोह रहेको बताउँदै तत्काल सो गिरोहलाई पक्राउ गरी कानुन बमोजिम कार्वाही गर्नुपर्ने बताए। गाईहरुलाई जंगभित्र लगेर चरम यातनासहित मार्ने गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका गोदावरी नगरपालिका–३ का स्थानीय विशाल बोहराले बताए। तर घटनामा संलग्न गिरोह अहिले पनि फरार रहेको बताए। ‘गाइको घाटीमा मोटो डोरीले कसेर रुखमा बाँधेर हत्या गर्ने गरिएको छ।’ राजमार्ग क्षेत्रको उत्तरतिर रहेको जंगलमा गौ हत्या हुने गरेको उनले भने । गाईलाई बीच जंगलभित्र पु¥याएर चरम यातनासहित मार्ने कार्यमा आधा दर्जन नेपाली गिरोह विगत लामो समयदेखि सक्रिय रहेको स्थानीयको भनाई छ।
तर यता प्रहरीले यस विषयमा कुनै जानकारी नभएको बताएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीले भने यस विषयमा कुनै जानकारी नभएको र कतैबाट खबर पनि नआएको बताएको छ। प्रहरी ले निगरानी भने उक्त क्षेत्रमा बढाएको छ। मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २८९ को उपदफा १ मा ‘कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन।’ सोही दफाको उपदफा (२) मा उपदफा (१) बमोजिमको कामबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने उल्लेख छ। उपदफा (३) मा कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई ६ महिनासम्म कैद र अन्य चोट पु¥याएमा ५० हजार रुपैयाँँसम्म जरिवाना हुने व्यवस्था रहेको उल्लेख गरिएको छ।