काठमाडौं। यति एयरले पोखरामा आइतबार भएको विमान दुर्घटनापछि सोमबारका लागि निर्धारित आफ्ना सबै नियमित उडानहरू रद्द गरेको छ। विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरूको शोकमा उडानहरू रद्द गरिएको यति एयरलाइन्सले जानकारी दिइएको हो।यद्यपि आपतकालिन र उद्धारका उडानहरू भने हुनेछन्।
आइतबार बिहान १०:३२ बजे काठमाडौंबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान करिब ११स्०० बजे कास्कीको पोखरा महानगरपालिका १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो। विमान दुर्घटना भएकोमा सरकारले आज नेपाल राज्यभर शोक विदा दिने घोषणा गरेको छ। यस्तै गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णयसमेत गरेको छ।