धनगढी। सुदूरपश्चिम प्रदेश सभाको प्रथम अधिवेशनको चौथो बैठक स्थगित भएको छ। सोमबार विहान ९ बजे बोलाईएको बैठक विशेष कारणले स्थगित भएको हो। आज (सोमबार) राष्ट्रिय शोक परेकोले प्रदेश सभा बैठक नबसेको जनाइएको छ।
राष्ट्रिय झण्डा झुकाउने भनेको बेला बैठक बस्नु हुन्न भन्ने सहमति भएको माओवादीका प्रदेश सभा सदस्य ओमविक्रम भाट सरलले बताए। प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले भोली १० बजे बैठक बस्ने गरि आज बिहान ९ बजे आह्वान गरिएको बैठक स्थगित भएको जानकारी दिए। लगातार दुई पटक सभामुख छानिन नसकेपछि आज सोमबार तेस्रो पटक सभामुख छान्नका लागि प्रदेश सभाको बैठक बोलाइएको थियो । प्रदेश सभाको बैठक स्थगित हुँदा सभामुख र उपसभामुख चयन प्रक्रियामा ढिलाई भएको छ ।