धनगढी। नेकपा माओवादी केन्द्रका नेता तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य रमेश धामिले नागरिक उन्मुक्ती पार्टी सत्तापक्ष पक्षमा भए सत्तापक्षकै तवरले अघि बढ्न बताएका छन् । शनिवार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दे नेता तथा प्रदेश सभा सदस्य धामिले सो कुरा बताएका हुन्। उनले टिकापुर घटनाका कारणले जे जस्ता समस्याहरु आइरहेका छन्।
टिकापुर घटना राजनितीक मुद्धा हो भनेर नेकपा माओवादी केन्द्रले जोडदार साथ उठाइरहेको बताए। यो राजनितीक मुद्धा हो भनेर नेकपा माओवादी केन्द्रले उहिले देखी भनेको हो उनले भने ।अहिले संघिय सरकारका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनी एउटा कार्यक्रममा भनिसक्नु भएको छ, राजनितीक तवरले समस्या समाधान गर्नुपर्छ भनेर। उनले भने, नागरिक उन्मुक्ती पार्टिका नेता तथा साँसदहरुलाई म भन्न चाहान्छु। यो राजनितीक समस्या हो भने राजनितीक तवरले समस्या समाधान गर्नुपर्छ प्रष्ट हुन जरुरी छ। दोधारमा हुनुहुदैन उनले भने।
हाम्रो बिचमा बैमनश्यता पैदा गर्ने र गराउनु कुरालाई बन्द हुनुपर्छ धामीले भने। अब हामीले प्रष्ट रुपले रेखा कोरेर अगाडी बढ्न जरुरी छ। हामी सत्तापक्ष हौँ भने, सत्तापक्षकै रुपमा अगाडी बढ्न जरुरी छ। किनभने हामीलाई प्रश्न आइरहेको छ। यो प्रश्न अब हामी अर्को चोटी सुन्न तयार हुनेकी नहुने हामीले गम्भिर समिक्षा र सोच राखेर बढन् जरुरी रहेको बताए। हामी सबैले मिलेर मात्रै सुदुरपश्चिमलाई समृद्ध बनाउनुपर्ने र कार्यकाल सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको उनको भनाई छ । यी समस्याहरु नेकपा माओवादी पार्टिले जोडदार सँग उठाइरहेको उनले भने।

