पोखरा। काठमाडौंबाट पोखरा जाँदै गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको यति एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटनाहुनु अघि देखेका अनियन्त्रित हुँदै आएको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शी रहेका रविन्द्र खड्काका अनुसार विमान हेर्दैमा उल्टोपाल्टो भएर हल्लिंदै आएको थियो ।
‘खस्ने बेलामा विमान पुरै उल्टै भयो, एकैचोटी भुईंमा झर्यो,’ उनले भने,’ठूलो आवाज आयो ।’ दुर्घटनाका भएको १२ मिनेटपछि दमकल आएको उनले बताए । ‘घटना ठ्याक्कै १०: ५१ मा भएको हो । त्यही बेलामा मेरो कल आएको थियो,’ उनले भने । ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित पोखरा उडेको विमान सेती नदी खौंचमा दुर्घटा भएको हो । अहिले पनि उद्धारको काम चलिरहेको छ ।