धनगढी। नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभाका संसदीय दलका नेता लक्ष्मण किशोर चौधरीले प्रदेश सभा बैठकमा बोल्दै सुदूरपश्चिमको सभामुख चयन प्रक्रियामा साथ नदिने बताएका छन्। बारम्बार टिकापुर घटनालाई निकास दिने र रेशमलाई रिहा गरेर माघीको उपहार दिन्छौ भनेर सरकारले झुक्याएको बताएका छन्।
उनले भने, प्रधानमन्त्रीले टिकापुर घटनालाई निकास दिनकालागी कुरा राखेका थिए।हाम्रो पार्टिको अध्यक्ष रञ्जीता श्रेष्ठसँग पनी माघमा माघि उपहार दिन्छु भनेर हाम्रो समुदायलाई बाचा गरेका थिए। माघ लागेपनी माघि उपहार पाउन सकेका छैनौँ। त्यसैले कुराले मात्रै हामी सन्तुस्ट हुने अवस्थामा छैनौ, कुरा राखेर केही हुने बाला छैन् हामीलाई ब्यवहारतह चाहान्छौँ उनले भने। रेशम चौधरी रिहाइ नभएसम्म सभामुख चयन प्रक्रियामा साथ नदिने समेत स्पष्ट पारे।हामीलाई त्यसमा पनि झुक्याईयो। हाम्रो पहिलो माग रेशम चौधरीको रिहाइ हो। रिहाइ नभएसम्म हामी सरकारमा पनि सहभागी हुँदैनौ। सरकारलाई समर्थन पनि गर्दैनौ । कुरा मात्रै गरेर देशको र प्रदेशको समृद्ध नहुने भएकाले सरकारले टिकापुर घटनालाई सरकारले निकास दिनुपर्ने उनको भनाई छ ।
यस्तै सुदूरपश्चिममा मुख्यमन्त्रीसंगै दुई जना मन्त्री चयन गरिएकोमा नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण किशोर चौधरीले असन्तुष्टि व्यक्त गरे। हामीले त मुख्यमन्त्रीलाई ध्यानाकर्षण गर्छु उनले भने, हामी बिच मुख्यमन्त्रीकालागी मात्रै सहमती भएको थियो। हामीले मुख्यमन्त्रीलाई मात्र समर्थन गरेका हौ, किन सहमति र छलफल बिना दुई जना मन्त्री पनि नियुक्त गरियो, चौधरीले भने, यसमा हाम्रो असहमति छ। उनले भने,जब सपथ ग्रहणको समय आयो तब नाम नलिएका, सुचीमा नपरेका माननियहरुलाई मन्त्रीको सपथ ग्रहण गर्न लगाइयो। यसपछि सहकार्य गर्ने, गठबन्धन गर्नेहरुमाथी धोका भएको छ।
हाम्रो यस्मा गम्भिर ध्यानाकर्षण भएको छ, उनले भने। बारम्बार मौखीक सहमती गरेर हाम्रो मुद्धालाई परपर धकेलेको छ। माघको पहिलो दिन सदन चलाउने कुरा हाम्रो घोर आपत्ती रहको छ। यसरी प्रदेश सरकारको गरिमा यसरी नहुने भएकाले हाम्रो बिचमा भएका सहमती कार्यान्वयन नहुन्जेलसम्म हामी तटस्थ बस्ने बताए।नागरिक उन्मुक्तिले शनिवार सभामुख चयनका लागि भएको मतदानमा साथ नदिँदा सत्तारुढ दलहरूका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार भीम बहादुर भण्डारी अस्वीकृत भएका छन्। नागरिक उन्मुक्ति सत्ता पक्षको बेञ्चमा बसे पनि सत्तापक्षको साथमा भने उभिएनन्। नागरिक उन्मुक्ति तटस्थ बस्दा भण्डारी पुनः दोस्रो पटक निर्वाचित हुन सकेनन् ।