धनगढी। सभामुखको निर्वाचनमा नागरिक उन्मुक्ति तटस्थ बस्ने भएको छ। नागरिक उन्मुक्ती पार्टिका संसदिय दलका नेता समेत रहेका लक्ष्मण किशोर चौधरीले नागरिक उन्मुक्तीका सबै साँसद तटस्थ बस्न निर्देशन दिएका छन्। उनले कैलालीको टिकापुरका राजबन्दीहरुको माग जबसम्म सम्बोधन रिहा नभएसम्म तटस्थ बस्न निर्देशन दिएका हुन्।
बैठकमा नागरीक उन्मुक्ति पार्टीका साँसद चौधरी भने हामी संग मुख्यमन्त्रीको मात्रै सहमति भएको हो ।उनले सपथ ग्रहण गर्ने बेलामा किन दुई जना मन्त्रीहरुलाई सपथ गराईयो यसमा हाम्रो आपती छ ।उनले थपे हामी संग मुख्यमन्त्रीको कुरा मात्रै भएको हो। अरु हामीलाई थहाछैन ।हामी सभामुख लाई मतदान गर्न पक्षमा छैनौ। प्रदेश सभा सचिवालयका अनुसार माओवादीबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार रहेका थिए।
यसअघि बिहीबार दुवैले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन। निर्वाचनमा सत्तापक्षका उम्मेदवार भीमबहादुर भण्डारीले २६ र प्रतिपक्षका मानबहादुर रावलले २३ मत पाएका थिए। ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमत ल्याउन २७ मत आवश्यक पर्छ।तर अब सरकार अल्पमतमा परेको छ । नेकपा एसका संसदिय दलका नेता दीर्घ सोडारीले अल्पमतको सरकारको मुख्यमन्त्रीले तत्काल राजीनामा दिन भने।यहाँ नागरिक उन्मुक्तिका ७ सांसद छन् । उनीहरु कतै नलाग्दा कुनै पनि गठबन्धनमा बहुमत पुग्दैन ।यहाँ कांग्रेसका १९, माओवादीका ११, एमालेका १० नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादी ४ राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् ।सत्ता गठबन्धनमा नागरिक उन्मुक्तिका ७ जनाले कतै मत नदिँदा सत्ता गठबन्धनमा २२ जना मात्रै हुन्छ । यता कांग्रेस नेकपा एकीकृत समाजवादी तर्फ पनि नागरिक उन्मुक्तिले मत नदिँदा २३ मत पुग्छ ।भीडयो हेर्नुहोस्।