कञ्चनपुर। कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना युवक पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–६ को सीमा क्षेत्रबाट अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) बेलौरीको संयुक्त गस्ती टोलीले धनगढी ३ चटकपुरका २० वर्षीय अभिषेक राना र लालझाडी गाउँपालिका–२ कञ्ज का १९ वर्षीय विजय रानालाई पक्राउ गरेको हो। दुबै जनाको साथबाट १ ग्राम ८७० मिलिग्राम खैरोहेरोइनसहित सु प प्र ०१–००९ प १३२ नम्बरको मोटरसाइकल र ०१–००९ प ६१६५ नम्बरको स्कुटी पनि बरामद गरिएको कञ्चनपुर प्रहरीले बताएको छ।


