धनगढी। नेपाल रग्बी संघको केन्द्रीय बोर्ड सदस्यमा रमेश प्रसाद भट्टराई सर्बसम्मत निर्बाचित भएका छन्। शुक्रबार काठमाण्डौँमा आयोजित नेपाल रग्बी संघको १० औं साधारणसभामा सुदुरपश्चिम प्रदेशबाट सदस्यमा भट्टराई सर्बसम्मत निर्बाचित भएका हुन्। नेपाल रग्बी सघको दशौ साधारण सभाबाट केन्द्रीय बोर्ड सदस्यमा सर्बसम्मतबाट निर्बाचित भएपछि भट्टराईलाई सपथ ग्रहण सँगै सम्मान तथा प्रमाण पत्र समेत बितरण गरिएको थियो।
यस्तै शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव तथा नेपाल रग्वी संघका निबर्तमान अध्यक्ष टंकलाल घिसिङको प्रमुख आतिथ्यतामा रग्वी संघको १० औं साधारणसभा सम्पन्न भएको हो। रग्वी संघको १० औं साधारणसभाबाट अध्यक्षमा दिपक देवकोटा चयन भएका छन्। साधारणसभाले आगामी ४ बर्से कार्यकालका लागी देवकोटालाई चयन गरेको हो। यस्तै वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी,उपाध्यक्षमा बिश्वामित्र सन्ज्याल, महासचिव गोविन्द घिमिरे, सचिव विजय मोक्तान, कोषाध्यक्षमा दिपक अधिकारी चयन भएका छन्। यस्तै सदस्यमा रमेश प्रसाद भट्टराई, इन्द्रबहादुर तामाङ, हरि शंकर महतो, एलिशा थापा, कामना गिरी, रविन केसि रहेको नयाँ कार्यसमिति सर्बसम्वत रुपले निर्वाचित गरिएको थियो।