धनगढी। सुदूरपश्चिम प्रदेश सभा सदस्य रमेश सिंहधामिको स्वकीय सचिवमा सबिन गिरी नियुक्त भएका छन्। गिरीलाई शुक्रबार धामीको स्वकीय सचिव पदमा नियुक्त गरिएको बताइएको छ। स्वकीय सचिवले सांसदका दैनन्दिन भेटघाट र जनसम्पर्कको समन्वय मिलाउने, सार्वजनिक कार्यक्रमको समय निर्धारण, निश्चित र व्यवस्थापन गर्न आयोजकहरूसँग निरन्तर सम्पर्कमा रही समय व्यवस्थित गर्ने, आवश्यक पत्राचार/फलोअप गर्ने गर्दछ। यस्तै
फलोअप कार्यान्वयनका लागि दौडधूप गर्ने, सहयोगीहरूको विषयगत समूह निर्माण र परिचालन गर्ने एवं उल्लेखनीय परिणामको स्वाभाविक अनुभूति बाँड्न सक्नेसमेत हुनुपर्छ। व्यक्तिगत अपहरिहार्यताको अनुभूति गराउँदै परस्परमा विश्वास अभिवृद्धि गरेरै यो काम सफलतापूर्वक गर्न सम्भव हुने गर्दछ ।