नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सार्वजनिक ट्याक्सी इकाई कमिटि धनगढी गठन गरिएको छ । आज एक कार्यक्रमका बिच इकाई कमिटि गठन गरिएको हो । कमिटिको अध्यक्षमा भानदेव पनेरु, उपाध्यक्षमा शैलेन्द्र कठरिया, सचिवमा देव सिहं साउँद, उप सचिव टेकेन्द्र साउँद, कोषाध्यक्षमा कृष्ण खड्का चयन भएका छन् ।
सदस्यहरुमा राजेन्द्र खत्री, अजय चोधरी र कृष्ण राना चयन भएका छन् । कमिटिको सल्लाहकारमा गोबिन्द खत्री, रबि चौधरी र अल्दी राना चयन भएका छन् । जिफन्ट सुदूरपश्चिम प्रदेशका अध्यक्ष जित बहादूर मल्लको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रदेश कमिटि सदस्य कर्ण हमाल र नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्द बिषेश अतिथी रहेका थिए ।
कमिटि गठन अघी ट्याक्सी चालकहरुका समस्याका बारेमा छलफल गरिएको थियो । कमिटिले बिबिध समस्याको सम्बोधनका लागी सम्बन्धित निकायलाई ध्यानाकषर्ण गर्ने निर्णय समेत गरेको थियो ।

