धनगढी। सुदूरपश्चिम प्रदेशको सभामुख चयनकालागी बैठक बस्न सकेको छैन्। सुदूरपश्चिम प्रदेशमा तोकीएको समयमा नागरीक उन्मुक्ती पार्टी प्रदेश सभामा उपस्थीत नभएपछि प्रदेश सभाको बैठक स्थगित भएको हो। नागरिक उन्मुक्तिका सदस्यहरू सभामा नपुग्दा ११ बजे बोलाईएको बैठक शुरू हुन सकेको छैन। अहिले सम्म बैठक सरेको सुचना टाँस गरीएको छ।
नागरिक उन्मुक्ति पार्टीले लिखित सहमति नगरेसम्म सभामुख निर्वाचनमा सहभागी नहुने भएको छ। उन्मुक्तिले तीन मन्त्रालय, दुई संसदीय समिति सभापतिमा लिखित सहमति नभएसम्म सभामुख निर्वाचनमा भाग नलिने अडान लिएको हो। यसरी सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा अन्यौल थपिएको छ।